सिलगढ़ी युनाइटेड फूटबल एकाडमीको शुरुवात
10 सेप्टेम्बरः सिलगढ़ी युनाइटेड फूटबल क्लबद्वारा सञ्चालित सिलगढ़ी युनाइटेड फूटबल एकाडमीको बिहीवार शुरुवात भयो। स्थानीय डागापुर स्थित ग्यालक्सी फूटसल एरेनामा भएको उद्घाटन कार्यक्रममा अतिथिको रूपमा भारतीय फूटबल टीमका पूर्व कप्तान भाइचुङ भूटिया उपस्थित थिए।